Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बाढीमा मृत्यु भएका नेपालीलाई बर्ड फ्लु लागेको कुखुरा जस्तो व्यवहार दुर्भाग्यपूर्ण: महेश बस्नेत

बाढीमा मृत्यु भएका नेपालीलाई बर्ड फ्लु लागेको कुखुरा जस्तो व्यवहार दुर्भाग्यपूर्ण: महेश बस्नेत

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले भोटेकोशी बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गरी सम्मानपूर्वक परिवारलाई जिम्मा लगाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्दै गाजाबाट विपिन जोशीको शव आफ्नै घरको आँगनसम्म ल्याउन सकिने तर आफ्नै देशका सयौँ नेपालीको शव पहिचान गरेर परिवारलाई जिम्मा लगाउन नसकिने अवस्था किन आयो भन्दै प्रश्न गरेका हुन् ।

बस्नेतले चितवनमा संकलित २३३ शवमध्ये २२९ शव पहिचान हुन नसकी जमिनमुनि व्यवस्थापन गर्नुपर्ने अवस्था अत्यन्तै पीडादायी भएको भन्दै सरकार निरीह र संवेदनहीन भएको आरोप लगाए । बस्नेतले भनेका छन्- नागरिकलाई बर्ड फ्लु लागेका कुखुराजस्तो व्यवहार गर्नु दुर्भाग्यपूर्ण हो ।'

हरेक शवको पहिचान गरी सम्मानपूर्वक परिवारलाई जिम्मा लगाउनु राज्यको न्यूनतम दायित्व भएको बताउँदै उनले प्रधानमन्त्री राहत कोषमा रहेको अर्बौं रकममध्ये केही हिस्सा शव पहिचान र पीडित परिवारको सहयोगमा खर्च गर्न सकिने बताएका छन् ।

9.jfif

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट