Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौंः नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दै छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११ः०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।

साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट