काठमाडौंः चीनले नेपालका बाढीपीडितलाई सहयोगस्वरुप उपलब्ध गराइएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौँ आइपुगेको छ।चिनियाँ जनमुक्ति सेना (पीएलए)को वायुसेनाको विमानमार्फत मंगलबार साँझ राहत सामग्री काठमाडौँ आइपुगेको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ।
चिनियाँ सहयोगी विशेषज्ञका रूपमा पाँच जना ‘डिएनए’ पहिचान विशेषज्ञ पनि सोही उडानमार्फत नेपाल आएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ राहत सामग्री हस्तान्तरण गरे। मन्त्री पुनसहित नेपाली प्रतिनिधिले चिनियाँ विशेषज्ञलाई स्वागत गरे।
राहत सामग्रीमा तत्काल आवश्यक ‘ड्रोन’, डीएनए परीक्षणका उपकरण तथा पानी शुद्धीकरण गर्ने सामग्री र अन्य उपकरण रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij