Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सिंगापुरमा बच्चा जन्माए ८४ लाख रुपैयाँसम्मको सरकारी सहयोग पाउने

सिंगापुरमा बच्चा जन्माए ८४ लाख रुपैयाँसम्मको सरकारी सहयोग पाउने

काठमाडौँ :  सिंगापुरले घट्दो जन्मदरलाई सम्बोधन गर्न प्रत्येक सिंगापुरेली बालबालिकाका लागि करिब ७० हजार सिंगापुर डलर (करिब ८३ लाख ७० हजार नेपाली रुपैयाँ) बराबरको सरकारी आर्थिक सहयोग दिने भएको छ ।

यद्यपि यो रकम बच्चा जन्मिएलगत्तै एकमुष्ट दिइने भने होइन । उक्त रमक जन्मदेखि १७ वर्षको उमेरसम्म विभिन्न चरणमा नगद, बाल क्रेडिट, बचत खाता अनुदान र शैक्षिक सहयोगका रूपमा उपलब्ध गराइनेछ ।

नयाँ ‘एसजी चाइल्ड सपोर्ट प्याकेज’अन्तर्गत मात्रै अधिकतम ६२ हजार सिंगापुर डलर र विद्यमान सहयोगसमेत जोड्दा कुल सरकारी सहयोग करिब ७० हजार सिंगापुर डलर पुग्ने सरकारले जनाएको छ ।

नयाँ प्याकेजअन्तर्गत १ अप्रिल २०२७ वा त्यसपछि जन्मिने सिंगापुरेली बच्चाले पहिलो वर्षमा १० हजार सिंगापुर डलर ‘बेबी गिफ्ट’, एकदेखि १६ वर्षसम्म हरेक वर्ष २ हजार डलर ‘चाइल्ड क्रेडिट’, चाइल्ड डेभलपमेन्ट अकाउन्टमा ५ हजार डलर अनुदान तथा सरकारको ५ हजार डलरसम्मको सह–म्याचिङ र १७ वर्ष पुगेपछि १० हजार डलरको शैक्षिक खाता टप–अप पाउनेछन् ।

सरकारले अप्रिल २०२७ देखि नयाँ प्याकेजको भुक्तानी सुरु गर्ने जनाएको छ । हाल बेबी बोनस योजनामा रहेका बालबालिकालाई पनि नयाँ योजनामा स्वतः स्थानान्तरण गरिनेछ ।

सिंगापुरको कुल प्रजनन दर रेकर्ड न्यून ०.८७ मा झरेपछि सरकारले परिवारलाई सन्तान हुर्काउन थप प्रोत्साहन गर्ने नीति अघि सारेको हो । सिंगापुर २०२६ मै ६५ वर्ष वा सोभन्दा माथिका नागरिकको हिस्सा २१ प्रतिशतभन्दा बढी हुने ‘सुपर–एज्ड’ समाजमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट