कुरिनटार : भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका इच्छाकामना गाउँपालिका–४,लेवाटारका डिलबहादुर मगर र सुजिना मगरको खोजतलासका लागि आर्थिक सहयोग गरिएको छ।
वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको पहलमा बेपत्ता परिवारलाई रु. २० हजार ७ सय आर्थिक सहयोग गरिएको हो। वडाध्यक्ष उप्रेतीले बिहीबार बेपत्ता परिवारको घरमै पुगेर डिलबहादुर र सुजिनाका बुबा तुलबहादुर मगरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
इच्छाकामना गाउँपालिका–४ ले आयोजना गरेको दोस्रो इच्छाकामना महोत्सवबाट बचत भएको रकम विपद्मा परेका वडावासीलाई सहयोग गर्ने घोषणा गरिएको थियो। सोही घोषणाअनुसार बेपत्ता परिवारको खोजतलासमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो।
बाढीपछि बेपत्ता भएका डिलबहादुर र सुजिनाको खोजी तथा परिवारलाई आवश्यक सहयोगका लागि वडाले निरन्तर पहल गरिरहेको उहाँले बताउनुभयो। डिल बहादुर र सजिना श्रीमान श्रीमती हुन् । नेपाल प्रहरीमा कार्यरत डिल बहादुर मैलुङ्ग चेकपोष्टमा कार्यरत हुनुहुन्थ्यो। सोही बेला श्रीमती पनि सोही स्थानमा रहनुभएको थियो । भोटेकोशीको बाढीमा हाल सम्म इच्छाकामनाका ३ जना बेपत्ता भएको गाउँपालिकाले जनएको छ । वडा नम्बर ४ मा मात्र दुई जना बेपत्ता भएको वडाध्य उप्रेतीले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij