कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका–४ का वडा सदस्य जीतबहादुर मगरको निधन भएको छ।कमलबारी निवासी ५६ वर्षीय मगरको राति १ बजे आफ्नै घरमा निधन भएको हो।
उहाँ विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीका अनुसार मगरको घरमै निधन भएको हो। उहाँका अनुसार वडा सदस्य मगरको बिहीबार नै अन्त्येष्टि गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij