Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

चितवनमा मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

चितवन :  रत्ननगरमा मिनी ट्रक र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–९ स्थित टिकौली जंगलमा पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब २ः५० बजे दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।

दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–७, चितवनका ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको थियो।

तर, उपचारका क्रममा बिहान ६ः३० बजे दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि मिनी ट्रक चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ का ४० वर्षीय रामेश्वर खरविन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट