काठमाडौँ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो ।
कम्पनीका अनुसार नयाँ ग्राहकले मासिक ५५३ रुपैयाँमै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन् । यससँगै ग्राहकले पुरानै मूल्यमा थप २५ एमबीपीएस इन्टरनेट स्पिड प्राप्त गर्नेछन् ।
क्लासिक टेकले नयाँ ग्राहकका लागि इन्टरनेट सेवासँगै Wi-Fi 6 राउटरको सुविधा समेत उपलब्ध गराउने जनाएको छ । कम्पनीले सन् २०२१ देखि नै आफ्ना ग्राहकलाई Wi-Fi 6 प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको बताएको छ ।
कम्पनीका अनुसार पछिल्लो अफर उच्च गतिको इन्टरनेटसँगै आधुनिक Wi-Fi प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो । नयाँ जडान गर्ने ग्राहकले थप शुल्कबिना नै अपग्रेड गरिएको स्पिडको लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।
क्लासिक टेकले पछिल्लो समय ग्राहकको आवश्यकता र बढ्दो डिजिटल प्रयोगलाई ध्यानमा राख्दै उच्च गतिको इन्टरनेट तथा आधुनिक प्रविधिमा आधारित सेवा विस्तार गर्दै आएको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij