Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एपीएफमा जवानसहित ६६६ पदमा रोजगारीको अवसर

एपीएफमा जवानसहित ६६६ पदमा रोजगारीको अवसर

काठमाडौँ :  सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार एक सूचना जारी गर्दै जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ पदका लागि दरखास्त माग गरेको हो।

सूचना अनुसार कुल पदमध्ये सशस्त्र प्रहरी जवान पदका लागि मात्रै ६०४ जना माग गरिएको छ। जसमा खुलातर्फ ३२६ जना, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट सुरक्षित गरिएको छ।


त्यसैगरी साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडका ६२ जना सशस्त्र प्रहरी परिचरका लागि पनि आवेदन खुलाइएको छ। जसअन्तर्गत भान्छेतर्फ ३८ जना, कूचिकारतर्फ ८ जना, केशकर्तकतर्फ ७ जना, सूचिकारतर्फ ६ जना, चर्मकर्मीतर्फ २ जना र माली पदका लागि १ जनाको माग गरिएको छ। यी पदहरूमा पनि खुला र समावेशी कोटा निर्धारण गरिएको छ।

दरखास्त फाराम भदौ ३० गतेदेखि आगामी असोज २८ गते कार्यालय समयभित्र बुझाइसक्नुपर्नेछ।

अनलाइनमार्फत फाराम भरेका आवेदकहरूले भने आफूले दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

वेदकहरूको प्रारम्भिक शारीरिक परीक्षण सम्बन्धी तालिका आगामी कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट