Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रहरीमा व्यापक सरुवा तयारी: डीआईजीदेखि इन्सपेक्टरसम्म हेरफेर

प्रहरीमा व्यापक सरुवा तयारी: डीआईजीदेखि इन्सपेक्टरसम्म हेरफेर

काठमाडौं  : प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि डीआईजीसम्मको सरुवाको गृहकार्य थालेको छ । अवधि पुगेका कार्यालय प्रमुखहरुको सरुवा गर्न लागिएको हो । डीआईजी सरुवामा बागमती र कर्णाली प्रदेशका प्रमुख हेरफेर हुने निश्चित छ । बागमतीमा दीपक रेग्मी तथा कर्णालीमा जयराज सापकोटा कार्यरत छन् ।

लुम्बिनीका डीआईजी भूपेन्द्र खत्रीलाई पनि हटाउन एक समूह लागिपरेको छ । उनको आईजीपी  दानबहादुर कार्कीसँग पनि ट्युनिङ मिलेको छैन । त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख लगायत एसएसपी इन्चार्ज पनि फेरिदै छन्। कार्यालयका एसएसपी सन्तोष खड्काको एक वर्षको अवधि पुगिसकेको छ ।

गत वर्ष जेनजी आन्दोलन लगत्तै उनको त्यहाँ सरुवा भएको थियो। पछिल्लो समय मुद्दा चलाउने अधिकार समेत पाएको उक्त कार्यालयमा जानका लागि एसएसपीबिच प्रतिस्पर्धा छ । 

त्यस्तै, दर्जन जिल्लाका एसपीहरु फेरिदै छन्। मोरङका कवित कटवाल, भक्तपुरका सूर्यबहादुर खड्का, कास्कीका नवीन कार्की, पूर्वी नवलपरासीका युवराज खड्का, दाङका दिपक श्रेष्ठ, पाल्पाका दिपेन्द्र पंञ्जियार, बाँकेका अंगुर जिसी तथा कैलालीका नरेन्द्र चन्द लगायतको सरुवा हुँदैछ। 

त्यस्तै एक वर्ष अवधि पुगेका पहाडी जिल्लाका डिएसपी, इप्रका तथा वृत्तका इन्चार्जको पनि सरुवाको तयारी भइरहेको छ । ठूलो संख्यामा इन्सपेक्टरको पनि असोज पहिलो साता सरुवा हुने सम्भावना छ। 

प्रहरीका सरुवा सधैं विवादमा पर्ने गर्दछन्। शक्तिकेन्द्रबाट सिफारिसमा सरुवा हुने भएकाले चलखेल समेत हुने गर्दछ।यसपटक गृह मन्त्रालयले सरुवामा कति चासो दिन्छ र आईजीपी कार्कीले कति निष्पक्ष भएर मुल्याङकन गर्छन् ? धेरै प्रहरीले निर्णयको प्रतिक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट