Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कार आगलागी घटनाबारे अनुसन्धानमा पूर्ण सहयोग हुनेछ : सीजी मोटर्स

कार आगलागी घटनाबारे अनुसन्धानमा पूर्ण सहयोग हुनेछ : सीजी मोटर्स

चितवन : भरतपुरमा ‘आयोन वाइ’ विद्युतीय कारमा भएको आगलागीको घटनाप्रति सीजी मोटर्स प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कम्पनीका अनुसार घटनाबारे नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायबाट अनुसन्धान भइरहेको छ । गाडीको निर्माता कम्पनीले समेत आवश्यक प्राविधिक परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको भन्दै सीजी मोटर्सले विश्वव्यापी प्रोटोकलअनुसार हुने निष्पक्ष तथा वैज्ञानिक अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

यसैबीच, आधिकारिक निष्कर्ष आउनुअघि नै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा अपुष्ट सूचना, अनुमान र एकपक्षीय दाबीहरू सार्वजनिक भइरहेको कम्पनीको भनाइ छ । यस्ता सामग्रीका आधारमा घटनालाई अतिरञ्जित गर्ने वा कुनै पक्षलाई दोषी करार गर्ने प्रयासप्रति कम्पनीले आपत्ति जनाएको छ ।

आधिकारिक निष्कर्ष नआएसम्म धैर्य गर्न र अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन सीजी मोटर्सले सर्वसाधारण तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट