Logo

Sep 22 2026 | २०८३, आश्विन ६गते

सिरियाको हतियार भण्डारमा भीषण विस्फोट

सिरियाको हतियार भण्डारमा भीषण विस्फोट

काठमाडौँ  : उत्तरी सिरियाको अलेप्पो प्रान्तको अल-ऐस सहरमा सोमबार बिहान धेरैवटा विस्फोट भएका छन्।सिरियाको सरकारी टेलिभिजन अल-एखबारियालगायत धेरै सञ्चारमाध्यमले विस्फोटबारे खबर प्रकाशन गरेका छन्।

बीबीसी फारसीले स्थानीय स्रोतलाई उद्धृत गर्दै सिरियाको रक्षा मन्त्रालयको हतियार भण्डारमा विस्फोट भएको जनाएको छ।

घटनापछि त्यस क्षेत्रको अवस्थाबारे जानकारी संकलन भइरहेको छ।यद्यपि हताहत वा घाइतेको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन।

केही स्थानीय स्रोत र मिडिया रिपोर्टले विस्फोटमा इजरायलको हात रहेको आशंका गरेका छन्।  उनीहरूले आक्रमण टर्की–समर्थित हतियार भण्डार भएको दाबी पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट