Logo

Sep 22 2026 | २०८३, आश्विन ६गते

स्यालले टोक्दा १० जना घाइते

स्यालले टोक्दा १० जना घाइते

सर्लाही : हरिवन नगरपालिकामा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको  छ। नजिकैको जङ्गलबाट आएका स्यालका हुलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ ।स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका विभिन्न क्षेत्रमा १० जना घाइते  भएको वडा नं ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिए।
स्यालको आक्रमणबाट पछिल्लो समय स्थानीय ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया बालिका गोपिकाकुमारी महतो घाइते भएका छन्।उनीहरूलाई साँझ घर वरपर काम गरिरहेको अवस्थामा स्यालले आक्रमण गरेको थियो।

उनीहरूको हात, खुट्टासहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।  स्यालको आक्रमणबाट त्यस नगरपालिका–१, ६ र ८ बढी प्रभावित रहेको पाइएको छ । 

स्यालको आक्रमणबाट  ३५ भन्दा बढी पशुचौपाया घाइते भएका छन्। वनक्षेत्र नजिकै भएकाले मानव बस्तीमा पसी दिउँसो नै स्यालले मानिस र पशु चौपायालाई आक्रमण गर्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन समेत डर मान्न पर्ने स्थिति बनेको स्थानीय रमेश लामा बताउँछन्। 

स्यालको आक्रमणका घटना बढेपछि स्याल नियन्त्रणका लागि  डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको नगरप्रमुख रमेश बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट