निराज रानाभाट
काठमाडौं : गायक सन्तोष खत्रीको स्वरमा रहेको ‘पोखरा जाम्ला मायालु’ बोलको गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत सन्तोष खत्री कै रहेको छ । उक्त गीतको भिडियोमा सन्तोष खत्री, सुमन विश्वकर्मा, आशिष सुनार, आरवोन, विजय विश्वकर्मा, दिप्सन बी.सी. र टी.बी. रानाको अभिनय रहेको छ ।
यस्तै, उक्त गीतको भिडियो निर्देशनमा अनुप अधिकारी रहेको छन् । उक्त गीतको भिडियो छायांकनमा गोविन्द विष्ट, मिलन शंकर र दिपेश के.सी. रहेका छन् । उक्त गीतको भिडियोको सम्पादन तथा कलरमा नबिन घर्ति मगर रहेका छन् ।
त्यसैगरी, उक्त गीतको एरेन्ज तथा मिक्स / मास्टरमा विनोद रसाइली रहेका छन्, भने गीतको भिडियोको मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेका छ । उक्त गीतको भिडियो सन्तोष खत्रीको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । यसै गीतबाट सन्तोष खत्रीले लोक संगीतलाई पप तिर धकेलेको प्रस्ट बुझिन्छ, साथै अब खत्रीले छिटै नै आफ्नो ‘पार्पो ब्याण्ड’ नामक ब्याण्ड बनाउने तयारीमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij