पर्सा : पर्सामा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर करिब ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्। पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा आइतबार राति अवैध रूपमा गाँजाको कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा दुई राउन्ड हवाई फायर गरिएको हो । उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij