Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सम्भावित बाढी–पहिरोको जोखिममा चितवन प्रहरीको अग्रिम तयारी, सवारी होल्डदेखि उद्धारसम्मको योजना

सम्भावित बाढी–पहिरोको जोखिममा चितवन प्रहरीको अग्रिम तयारी, सवारी होल्डदेखि उद्धारसम्मको योजना

चितवन : सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै चितवन प्रहरीले नागरिक सुरक्षाका लागि अग्रिम तयारी थालेको छ।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको जनाएको छ। विपद्को अवस्था सिर्जना भए आवश्यकताअनुसार सवारीसाधनलाई सुरक्षित स्थानमा होल्ड गर्ने व्यवस्था समेत मिलाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार काठमाडौं–चितवनतर्फ आउने सवारीलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा रोक्ने तयारी गरिएको छ। यस्तै, चितवनबाट काठमाडौं र पोखरातर्फ जाने सवारीलाई रामनगर र जुगेडी क्षेत्रमा होल्ड गरिनेछ।

नारायणी नदीमा पानीको सतह बढेमा स्थानीयलाई माइकिङमार्फत सचेत गराउने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको प्रहरीले जनाएको छ।

सम्भावित विपद्को अवस्थामा तत्काल उद्धार तथा सहायता उपलब्ध गराउन उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij