Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नारायणी उर्लिएपछि तीन घर डुबानमा, छतबाट १० जनाको उद्धार

नारायणी उर्लिएपछि तीन घर डुबानमा, छतबाट १० जनाको उद्धार

चितवन :  अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा चितवनको भरतपुर महानगरपालिका–१६ झनझनेस्थित गुम्बाचोकमा डुबानमा परेका तीन घरबाट १० जनाको सकुशल उद्धार गरिएको छ।

आइतबार बिहान करिब १०ः३० बजे नारायणी नदीको बहाव बढेपछि तीनवटा घर डुबानमा परेका थिए। डुबानमा परेका घरको छतमा बसेका १० जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट खटिएको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो।

सशस्त्र प्रहरीले रबरबोटको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij