Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी नदिएको भन्दै एमालेको आपत्ति

प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी नदिएको भन्दै एमालेको आपत्ति

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमणका विषयमा सरकारले सदनलाई जानकारी नगराएको भन्दै प्रश्न उठाइएको छ ।प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद्लाई जानकारी दिने स्थापित संसदीय परम्पराको सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी दिने परम्परा छ, तर उहाँले भ्रमणमा जाने बेलामा पनि सदनलाई जानकारी दिनुभएन।’

त्यति मात्र नभएर, प्रधानमन्त्री स्वदेश फर्किसकेपछि पनि भ्रमणका क्रममा भएका भेटवार्ता र त्यहाँ राखिएका धारणाबारे सदनलाई कुनै जानकारी नगराइएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरिन् । 
‘सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ। भ्रमणका बारेमा सदनमा जवाफ आउनुपर्छ,’ सांसद हमालले भनिन् ।  उनले प्रधानमन्त्रीको भ्रमण र त्यहाँ भएका छलफलहरूलाई सार्वजनिक सरोकारको विषय भएको भन्दै सदनलाई गुमराहमा नराख्न सरकारलाई आग्रह गरिन् । संसदीय व्यवस्थामा प्रधानमन्त्रीले आफ्ना महत्त्वपूर्ण भ्रमणका विषयमा सदनलाई विश्वासमा लिनुपर्ने र जानकारी गराउनुपर्ने मान्यता रहेकाले यस विषयलाई गम्भीरताका साथ लिन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij