Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

मुम्बई : बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की आएको छ । सो क्रममा ५ करोड (भारु) फिरौती माग गरिएको अमर उजालाको समाचारमा उल्लेख छ । कथित रूपमा लरेन्स बिश्नोई ग्याङको सदस्य बताउने ‘ह्यारी बक्सर’ नामको व्यक्तिले फोन गरेर अभिनेतालाई धम्की दिँदै रकम माग गरेको उक्त समाचारमा उल्लेख छ । यस घटनाको विषयमा अभिनेता कपुरले मुम्बई प्रहरीलाई उजुरी दिएका छन् । उक्त उजुरीपछि प्रहरीले यस घटनाको अनुसन्धान ‘एन्टी–एक्सटर्सन सेल’ र ‘क्राइम ब्रान्च’लाई सुम्पेको छ ।

क्राइम ब्रान्चको प्राविधिक टोलीले धम्कीपूर्ण फोन कलको अडियो रेकर्डिङको विस्तृत जाँच गरेको छ । अनुसन्धानको क्रममा प्रहरीले आफ्नो डेटाबेसमा रहेको ‘ह्यारी बक्सर’को आधिकारिक अडियो स्याम्पलसँग उक्त कलको आवाज दाँजेर हेरेको थियो ।वरिष्ठ प्रहरी अधिकारीहरूका अनुसार, दुवै आवाज मेल नखाएपछि उक्त कल नक्कली भएको आशंका गरिएको छ । कसैले त्रास फैलाउने उद्देश्यले लरेन्स बिश्नोई ग्याङको नामको दुरुपयोग गरेको देखिएको हो । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट