Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको सामान्य मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ ।महासंघका अनुसार आज सुन प्रतिदश ग्राम २ लाख १२ हजार ५३५ रुपैयाँ र चाँदी प्रतिदश ग्राम २ हजार ६९६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट