काठमाडौँ : राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ।
बैठकमा हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि विस्तृत छलफल गरिएको छ।
विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी निकायहरूलाई आपसमा आबद्ध गर्ने र एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने बिषयमा छलफल भएको थियो ।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमको उपस्थिति रहेको थियो। बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदीशचन्द्र अग्रवाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij