Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

बागमतीका ९९ स्थानीय तहका ३८४ स्वास्थ्यकर्मीलाई आधारभूत आँखा स्वास्थ्य तालिम दिइने

बागमतीका ९९ स्थानीय तहका ३८४ स्वास्थ्यकर्मीलाई आधारभूत आँखा स्वास्थ्य तालिम दिइने

 हेटौँडा : बागमती प्रदेशमा आधारभूत आँखा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र प्रदेश स्वास्थ्य तालिम केन्द्रबीच सम्झौता भएको छ। २०८३ मंसिर ८ गते स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङको अभिभावकत्वमा चार पक्षबीच सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो। सम्झौताअनुसार बागमती प्रदेशका विद्यालय नर्स तथा ९९ स्थानीय तहका ३८४ जना स्वास्थ्यकर्मीलाई आधारभूत आँखा स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गरिनेछ।

तालिममार्फत विद्यालय नर्स र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूको आँखा स्वास्थ्यसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी समुदायस्तरमै आधारभूत आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमले विशेषगरी स्थानीय तहमा आँखासम्बन्धी सामान्य समस्या पहिचान, प्रारम्भिक जाँच तथा आवश्यक परामर्श र थप उपचारका लागि प्रेषण गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको मन्त्री मुख्य राजनीतिक सल्लाहकार राजु भण्डारीले जानकारी दिए । सम्झौतापछि बागमती प्रदेशका विद्यालय तथा स्थानीय स्वास्थ्य संस्थामार्फत आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट