काठमाडौं : एसिया कप राइजिङ स्टार्स कपमा नेपालका रासिद खानले एक्लै पाँच विकेट लिएपछि पाकिस्तान ए टोली नेपालविरुद्ध ६८ रनमा अलआउट भएको छ । टस जितेर पहिला ब्याटिङ थरेको पाकिस्तानी टोली ४२ ओभरमा अलआउट हुँदै १६८ रनमै समेटियो । नेपाली टोलीले १६९ रनको लक्ष्य पाएको हो ।
खानले ८ ओभरमा मात्र ३९ रन खर्चिँदै ५ विकेट हात पारेका हुन् । यस्तै अभिषेश गौतमले ९ ओभरमा मात्र २७ रन खर्चिएर २ विकेट हात पार्दा सन्दीप लामिछाने र कुशल भुर्तेलले १/१ विकेट हात पारे ।
पाकिस्तानका लागि रोहेल नाजिरले सर्वाधिक ६४ रनको पारी खेले । हसन नवाजले २८, अहमद दानियालले १६, हैदर अलीले १५ रन बनाउँदा माज सादकदले १३ रन बनाए । चार जना ब्याटर शून्यमै आउट भए । नेपालले भारत ‘ए’सँगको खेल नराम्रोसँग हारेका कारण आजको खेलमा उत्कृष्ट जित निकाले मात्र अघिल्लो चरणमा जान सक्छ । नत्र नेपालको यात्रा समूचरणमै सिमित हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij