Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

सुनकोसी मरिन ठेक्का रद्द प्रकरण : छानबिन र कानुनी आधार खोज्दै सांसद झा र ओली

सुनकोसी मरिन ठेक्का रद्द प्रकरण : छानबिन र कानुनी आधार खोज्दै सांसद झा र ओली

काठमाडौँ : सार्वजनिक लेखा समितिको बैठकमा सांसद मनिष झा र खुस्बु ओलीले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा प्रश्न उठाउँदै छानबिन तथा कानुनी स्पष्टताको माग गरेका छन् ।मंगलबारको बैठकमा धारणा राख्दै रास्वपा सांसद मनिष झाले संक्रमणकालीन सरकार (ट्रान्जिसनल गभर्मेन्ट) को समयमा र जेन–जी आन्दोलनपश्चात् निर्वाचनको बीचमा २०८२ कात्तिक २५ गते ठेक्का (बिड) रद्द गरिनुका पछाडि को–को जिम्मेवार थिए र त्यसको कारण के थियो भन्नेबारे अध्ययन हुनुपर्ने बताए ।

यसैगरी राप्रपाकी सांसद खुस्बु ओलीले आफूले राखेका प्रश्नको स्पष्ट जवाफ नआएको बताउँदै ठेक्का रद्द गर्ने विषयमा महानिर्देशक वा आयोजना प्रमुखमार्फत प्रधानमन्त्री कार्यालयबाट कुनै निर्णय वा राय लिइएको थियो कि थिएन भन्ने पुष्टि गर्न माग गरिन् ।सामाजिक सञ्जाल र समाचारमा समेत उक्त विषय आएको उल्लेख गर्दै उनले राष्ट्रिय गौरवको योजनाको अनुगमन प्रधानमन्त्री कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भए पनि कानुनी प्रक्रियाबारे सत्यतथ्य स्पष्ट पार्न आग्रह गरिन् ।

यसैगरी सांसद गणेशसिंह ठगुन्नाले उठाएको भूतप्रभावी कानुनको प्रसंगलाई समर्थन गर्दै उनले परीक्षा दिएर उत्तरपुस्तिका बुझाइसकेपछि प्रश्नपत्र परिवर्तन गर्न नपाइने उदाहरण दिए ।“बिडिङ भएर निर्माण सुरु भई टनेल ‘ब्रेक थ्रु’ भइसकेको परियोजनामा पछि विधि र पद्धति परिवर्तन गरी कसरी लागू गरियो ?” उनले प्रश्न गरे ।ठेक्का प्रक्रियामा भएको नोक्सानी मात्र नभई आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले सिँचाइ सुविधा नपाएर बेहोर्नुपरेको क्षतिको समेत हिसाब गरिनुपर्ने झाको माग छ । एक लाख ८० हजार बिघा जमिनमा पानी पुगेको भए कति खेती र उत्पादन हुन्थ्यो भन्ने विषयको लेखाजोखा लेखा समितिले गर्नुपर्नेमा जोड दिँदै उनले सात दिनभित्र दस्तावेज उपलब्ध गराउने प्रस्तावमा सैद्धान्तिक सहमति जनाए ।छलफलका क्रममा सिँचाइ विभागका महानिर्देशकले उक्त प्रक्रियामा आफूले कुनै प्रकारको नियन्त्रण अथवा हस्तक्षेप अनुभूति नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट