Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ

नयाँ दिल्ली : भारतका पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् । नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको हो।

निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको सेकेन्डरी ल्याडर पोइन्ट चेकिङ (एसएलपीसी) गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ। त्यस्तै एयर मार्सलहरू पनि तैनाथ गरिने भनिएको छ।

एयर इन्डियाले बीसीएएसलाई उद्धृत गर्दै अब घरेलु यात्रुहरूले तीन घण्टा अगाडि विमानस्थल पुग्नुपर्नेछ र चेक-इन ७५ मिनेट अगाडि बन्द हुने सामाजिक सञ्जाल एक्समा जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट