Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘पापी तीज २’ कस्तुप र पूर्णकलाको मार्मिक तीज गीत सार्वजनिक

‘पापी तीज २’ कस्तुप र पूर्णकलाको मार्मिक तीज गीत सार्वजनिक

काठमाडौँ : तीज नजिकिँदै गर्दा तीज लक्षित गीत संगीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गीतकार, गायक, सङ्गीतकार कस्तुप पन्तले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘पापी तिज–२’ ल्याएका छन् । पन्तकै शब्द तथा संगीत रहेको गीतमा गायिका पूर्णकला बिसीले स्वर दिएकी छन् ।

सेन्टिमेन्टल शैलीमा तयार गीतमा छोरीले तीजलाई लिएर आमासँग गरेका गुनासाका शब्दहरू समेटिएका छन् । गीतमा एउटा चेलीले तीज नअाएनी हुने भन्दै बिलौना गरेकी छन् । गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । टिका जैसीको अभिनय रहेको भिडियो स्मृति तिमल्सेना गुरुआमाले निर्देशन गरेकी हुन् । भिडियोमा दुर्गा पौडेलको छायांकन र विनोद बमको सम्पादन छ ।

https://youtu.be/tjhTZv8JQW8

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट