Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

दीपकराज विश्वकर्माकाे गीत ‘चोर्‍यो मायाले’ सार्वजनिक

दीपकराज विश्वकर्माकाे गीत ‘चोर्‍यो मायाले’ सार्वजनिक

काठमाडौँ : गायिका शान्तिश्री परियार र गायक नारायण गजमेरको स्वर रहेको गीत ‘चोर्‍यो मायाले’ सार्वजनिक भएको छ । दीपकराज विश्वकर्माको शब्द तथा सङ्गीत रहेको गीत रोमान्टिक डान्सिङ शैलीमा तयार छ ।

गीतमा माया, प्रेम र धोकाका शब्दले भरिएका छन् । गीतको म्युजिक भिडियो पनि गीतकार विश्वकर्माले नै निर्देशन गरेका हुन् । भिडियोमा विश्वकर्मा र आश्मा विश्वकर्मा, बिजु पार्कीको अभिनय छ ।

म्युजिक भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् । गीत गायक गजमेरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । विश्वकर्माका यसअघि ‘बग्यो गण्डकी’, ‘कसले बनायो पैसा भन्ने चिज’, ‘चाहिँदैन तिमी विनाको सुनैको दरबार’ लगायत बजारमा चर्चित छन् ।

https://youtu.be/mr4dQ6E0Hxs

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट