Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

यूएईमा गुञ्जँदै नवीन र सुशीला

यूएईमा गुञ्जँदै नवीन र सुशीला

काठमाडौंँ : लोक गायन नविन पौडेल र गायिका सुशीला गौतमले यो तीजमा यूएईका दर्शक नचाउने भएका छन् । बर्रदुबईस्थित क्लब एसके सेभेन हलमा आयोजना हुने ‘तीज सांस्कृतिक कार्यक्रम २०८२’मा यी दुईले सांगीतिक प्रस्तुति दिने भएका हुन् ।

नेपाली लोककला, संस्कृति र परम्परा प्रवासमा पनि जगेर्ना गर्ने उद्देश्यले ‘पाल्पाली समाज यूएईले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । २७ जुलाईमा आयोजना हुने कार्यक्रममा त्यहाँ रहेका गायक गायिकाको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रममा आफूले चर्चित गीतहरू ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘हर हर बासना’, ‘कस्ले माया गर्छ तिम्लाई मैले जत्ति’, ‘बुलाँकी झुम्काना’, ‘बोल्नै पर्छ ओइ यही तीजको मौका’ लगायत गाउने गायक पौडेलले बताए ।

गायिका सुशिलाले भने ‘सुनौलीको सारी’, ‘हुन्न नाइ नभने’, ‘गुल्मी चन्द्रकोट’, ‘माइतीको माया’ लगायतका गीत प्रस्तुत गर्नेछिन् । कार्यक्रम संगीत, नृत्य र नेपालीपनले भरिपूर्ण सांस्कृतिक उत्सव हुने आयोजक पाल्पाली समाज यूएईका संस्थापक अध्यक्ष खुम बहादुर आलेले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट