काठमाडौँ : अभिनयको २५ वर्ष लामो करियरमा गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहूँ’ गीतको एकमात्र म्युजिक भिडियो अभिनय गरेकी अभिनेत्री रेखा थापा फेरि भिडियोमा देखिने भएकी छन् । उनी प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको ‘नाइँ भनेसि नाइँ’ बोलको भिडियोमा देखिन लागेकी हुन् ।
नेपालको पहिलो महिला सुपरस्टारको रूपमा परिचित उनले ‘नाइँ भनेसि नाइँ’को भिडियो अभिनय समेत गरिसकेकी छन् । जुन केही दिनमा सार्वजनिक हुँदैन । सपुतले तीजलाई लक्षित गरेर निकालेको यस गीतको विषयवस्तुका कारण आफू म्युजिक भिडियोमा देखिन तयार भएकी भएको रेखाले बताइन् ।
‘नाइँ भनेसि नाइँ’ बोलको गीतले एउटी बालिका, युवती, महिला र समस्त आमाहरूको आत्मसम्मानको विषय उठाएकोले म यो गीत गर्न तयार भएकी हुँ’, रेखाले भनिन्, ‘विगतमा पनि म समस्त छोरीहरूको सवालमा, उनीहरूको पक्षमा सधैँ नै उभिँदै आएकी छु ।’
गायक हुँदै फिल्मका निर्माता, लेखक तथा निर्देशकसमेत बनिसकेका प्रकाश सपुतले गत वर्ष ‘वसन्त’ फिल्मका कारण तीजको छेकोमा गीत निकाल्न नसकेको बताउँदै, यो गीतको कन्सेप्ट तयार हुँदा नै रेखा थापालाई सोचेर बनाइएको बताए । प्रकाशले यो ‘नाइँ भनेसि नाइँ’ गीतका लागि ५–७ वटा मेलेडी बनाएको जानकारी दिए । गीतमा गायिका एलिना चौहान तथा समीक्षा अधिकारीले स्वरले दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij