Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

शंकर र ममताको ‘सर्‍यो सर्‍यो’ गीत सार्वजनिक

शंकर र ममताको ‘सर्‍यो सर्‍यो’ गीत सार्वजनिक

काठमाडौँ : गायक शंकर श्रेष्ठ र गायिका ममता गुरुङको स्वर रहेको ‘सर्‍यो सर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ ।

शैलु आचार्यको शब्द तथा किरण भुजेलको संगीत गीतमा छ । गीतको भिडियोमा एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी र बिछोडका पल देखाउन खोजिएको छ ।

भिडियोमा गायक शंकर र अभिनेत्री गरिमा शर्माको अभिनय छ । गरिमा र शंकर भिडियोमा रोमान्टिकसमेत देखिएका छन् । भिडियो सान थापाले निर्देशन गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको सम्पादन दिप्सन शाहले गरेका हुन् । गायक श्रेष्ठ गायनसँगै अभिनयमा पनि रुचि राख्छन् ।

https://youtu.be/LO8VdHFVnZQ?list=RDLO8VdHFVnZQ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट