काठमाडौँ : प्रदीप शाहीको निर्देशित फिल्म ‘एक्लो’ यतिबेला काभ्रेपलान्चोकको पनौती नगरपालिकामा छायाङ्कन भइरहेको छ । वैज्ञानिक कल्पनामा आधारित फिल्मको भव्य सेट बनाएर छायाङ्कन भइरहेको छ । फिल्मको अहिले अभिनेता विजय लामा र अभिनेत्री दिया पुनको दृश्यको छायाङ्कन भइरहेको छ । मङ्गलवार फिल्मका लागि लामा र पुनको कार र साइकलबिच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य खिचिएको छ ।
जसका लागि कलाकारले दिनभर मिहिनेत गरेका छन् । सट बिग्रिएपछि बारम्बार दृश्य दोहोराउनुपर्दा फिल्मको दुई मिनेट लामो दृश्यका लागि झन्डै ६ घण्टा लागेको छ ।
फिल्मका मुख्य अभिनेता प्रदीप खड्का हुन् । आगामी पुस महिनामा क्रिसमसकाे अवसर पारेर रिलिजमा आउने बताइएको फिल्ममा प्रदीपसँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
फिल्म राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशीकला गुरुङ छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्मको छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ हुन् ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij