Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

‘ए चेलीबेटी’मा दीपाश्रीदेखि मिस पविसम्मको छमछमी

‘ए चेलीबेटी’मा दीपाश्रीदेखि मिस पविसम्मको छमछमी

काठमाडौँ : गायक तथा सर्जक डेभिड शंकरले तीजको अवसरमा नयाँ गीत ‘ए चेलीबेटी सेवा गर्ने मौका देऊ एकचोटी’ सार्वजनिक गरेका छन्। तीज २०८२लाई लक्षित गर्दै तयार पारिएको गीतमा सामाजिक सन्देश प्रस्तुत गरिएको छ।

गीतमा डेभिड शंकरकै स्वर तथा शब्द छ । दीपक शर्मासँग मिलेर उनले गीत लेखेका हुन्। सङ्गीत पनि दीपक शर्माकै रहेको छ। गीतमा लोकप्रिय कलाकार दीपाश्री निरौला, रीमा विश्वकर्मा, सुदिर श्रेष्ठ, कुसुम शर्मा र मिस पविको अभिनय देख्न सकिन्छ।

गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा नारी सशक्तीकरण, सम्मान र अवसरको मागलाई मुख्य विषयवस्तु बनाइएको छ। भिडियोको छायाङ्कन देव डोर्जे लामाले गरेका हुन् भने सम्पादन प्रवीण भट्टले गरेका हुन् ।

डेभिड शंकरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा नै दर्शकको ध्यान खिच्न सफल भएको छ। ‘समयको मागअनुसार तीजको गीत पनि सोचसहित आउनु आवश्यक छ,’ गायक शंकरले गीतको विषयमा भने, ‘यो सिर्जना परम्परा र परिवर्तनको सन्तुलन कायम गर्न गरिएको प्रयास हो।’

https://youtu.be/nrzfhhKmu1c

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij