Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

विनिताको नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’

विनिताको नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’

काठमाडौँ : हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक गरिएको छ । सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा विनिता खनालको शब्द भने संगीत संयोजन तारा प्रकाश लिम्बूले गरेका छन् ।

गीतमा मेलिना राई र अनु चौधरीले स्वर दिएका छन् । भिडियोमा लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन् । जहाँ उनीहरू छमछमी नाच्दै आमाले दर बनाएर तीज मनाइरहेको क्षण सम्झिरहेका छन् ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन छ ।

https://youtu.be/dMGmJN2qm64

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट