Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

राम नाम सत्य’बाट आयुष सिंह ठकुरीको डेब्यू, भन्छन्–‘भूमिका पावरफूल छ’

राम नाम सत्य’बाट आयुष सिंह ठकुरीको डेब्यू, भन्छन्–‘भूमिका पावरफूल छ’

माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो ।

फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरे । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने–‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफुल छ । यसैले साइन गरेको हुँ ।’

फिल्म ‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत पनि गरिरहेका छन् । फिल्मका निर्देशक माइकल चन्दले भने–‘आयुष र हामीबिच काम गर्ने सहमति भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन् ।’

साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ ।

यो फिल्ममा नायकद्धय विराज भट्ट, सुशील श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरू अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरू यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरूको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ ।

तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको फिल्मका कास्टिङ डिरेक्टर नविन जंग शाह हुन् ।अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्मलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट