Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

शुक्रबारदेखि ‘सितारे जमिन पर’ युट्युबमा उपलब्ध हुने

शुक्रबारदेखि ‘सितारे जमिन पर’ युट्युबमा उपलब्ध हुने

मुम्बई : आमिर खानले आफ्नो नयाँ फिल्म थिएटरमा रिलिज भएको लगभग १ महिनापछि युट्युब मुभिज-अन-डिमान्डमा रिलिज गर्ने निर्णय गरेका छन्। ‘सितारे जमिन पर’ युट्युबमा मात्र उपलब्ध हुनेछ र अन्य कुनै डिजिटल प्लेटफर्ममा रिलिज हुनेछैन।

आमिर खानले मंगलबार ‘सितारे जमिन पर’ १ अगस्ट २०२५ बाट युट्युबमा विश्वव्यापी रूपमा रिलिज हुने घोषणा गरेका थिए । यो फिल्म भारतमा १०० भारुमा उपलब्ध हुनेछ भने अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जर्मनी, इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर र स्पेन लगायत ३८ देशहरूमा स्थानीय मूल्यमा उपलब्ध हुनेछ।

सितारे जमिन परले हालसम्म विश्वभर २५० करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ। अब दर्शकहरूले यसलाई युट्युबमा भाडामा हेर्न सक्छन्। भारतमा मात्र नभई विश्वभरका नयाँ दर्शकहरूसम्म पुग्नको लागि, सितारे जमिन परलाई प्रमुख भाषाहरूमा सब्टाइटल र डबिङ पनि प्रदान गरिनेछ।

आगामी समयमा, आमिर खान प्रोडक्सनका थप फिल्महरू यस प्लेटफर्ममा देखाइनेछ। विश्वभर युट्युबको पहुँच धेरै उच्च छ। कमस्कोरको रिपोर्ट अनुसार, सन् २०२४ मा, भारतमा १८ वर्षभन्दा माथिका ५ मध्ये ४ जनाले युट्युब प्रयोग गरिरहेका थिए । विश्वव्यापी रूपमा, मनोरञ्जन भिडियोहरू युट्युबमा हरेक दिन ७.५ अर्ब पटक भन्दा बढी हेरिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट