Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

चलचित्र ‘परिवर्तन’ को छायाङ्कन सकियो

चलचित्र ‘परिवर्तन’ को छायाङ्कन सकियो

काठमाडौँ : चलचित्र ‘परिवर्तन’को छायाङ्कन सकिएको छ । ५६ दिन लगाएर मंगलबार चलचित्रको छायाङ्कन सकिएको हो ।निर्माता दीपक सिवाकोटीका अनुसार चलचित्रका दुई गीतहरू बाहेक अन्य छायाङ्कन सकिएको हो । चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको छायाङ्कन हुन भने बाँकी रहेको निर्माता सिकाकोटीले बताए ।

‘परिवर्तन’को छायाङ्कन झापाका विभिन्न स्थानहरूका साथै विराटनगरमा गरिएको थियो । विजय केरुङको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय छ ।

‘दिब्यासी फिल्म्स प्रा.लि.’को ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको फिल्मले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथानक मार्फत उजागर गरेको छ ।वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक फिल्म निर्माण भएको थियो। अब झन्डै पाँच दशकपछि सोही नाममा नयाँ कथासँगै अर्को ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट