Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘ह्रस्व दीर्घ’पछि नीता र विपनाको ‘सुख–दुःख’मा सहकार्य

‘ह्रस्व दीर्घ’पछि नीता र विपनाको ‘सुख–दुःख’मा सहकार्य

नायिका विपना थापालाई आमाको भूमिकामा फिल्ममा अफर गर्नेहरूको संख्या बढेको छ । फिल्म ‘ह्रस्व दीर्घ’मा शक्तिशाली भूमिका निर्वाह गरेपछि विपनाको माग ह्वात्तै बढेको छ । विपनाले चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’ पनि साइन गरिसकेकी छिन् । अब, उनले नायिका नीता ढुंगानाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘सुख–दुःख’ पनि साइन गरेकी छिन् । बुधबार फिल्मको टिम र विपनाबीच कागजी संझौता भएको हो । नायिका थापाले फिल्मको कथाले नै आफ्नो मन छोएको भन्दै यो टिममा जोडिन पाउँदा खुशी लागेको सुनाइन् ।

निर्देशक नीता ढुंगानाका अनुसार, यो फिल्ममा विपनाको महत्वपूर्ण भूमिका छ । यो फिल्ममा यसअघि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा फाइनल भइसकेका छन् । फागुनबाट छायांकनमा जान लागेको यो फिल्मलाई कविरलाल र शाहिदलालले खिच्नेछन् ।नीता फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट