नेपाली फिल्मका पुराना मेकर तथा डीसीएनका प्रमुख अशोक शर्माले निर्देशन गर्ने भनिएको फिल्म ‘डबल ट्रिपल’को छायांकन सेड्यूल फेरि सरेको छ । गतबर्ष नै दशैंको फूलपातीमा रिलिज गर्ने घोषणा गरिएको फिल्मको छायांकन दशैं नजिकिदै गर्दा सुरु हुन समेत सकेको छैन । दशैंमा फिल्म रिलिज गर्न नसक्ने भएपछि अशोकले फागुन १ लाई प्रदर्शन मिति तय गरेका थिए ।
तर, यो फिल्मको छायांकन फागुनमा सुरु हुने बताइएको छ । माघको अन्तिम वा फागुनबाट फिल्मको छायांकन सुरु गर्ने योजनामा अशोक शर्मा छन् । यसैले, यो फिल्म फागुनको १ गतेबाट रिलिज हुने संभावना अब सकिएको छ । यो विषयमा निर्माणपक्षले केही पनि बताएको छैन । तर, दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी जस्ता कलाकारहरूको मुख्य भूमिका रहने बताइएको फिल्मको छायांकन नै अशोकले सुरु गर्न सकेका छैनन् ।
नायकद्धय दयाहाङ र खगेन्द्र अरु फिल्ममा व्यस्त भएपछि अशोकले काम सुरु गर्न नसकेका हुन् । दया र खगेन्द्रको समय मिलाउन नै अशोक शर्मा जस्ता मेकरलाई गाह्रो परिरहेको छ । खगेन्द्र हाल फिल्म ‘क्याप्टेन साब’को छायांकनमा व्यस्त छन् भने दयाहाङले ‘मिरमिरे’को छायांकन गरिरहेका छन् । यसपछि, दयाले फिल्म ‘कबड्डी ५’का लागि समय दिनेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij