रक्षा बन्धनको अवसर पारेर फिल्म ‘पार्वती’को दुई पोस्टर रिलिज गरिएको छ । साथमा, फिल्मको प्रदर्शन मिति माघ १ गतेलाई तोकिएको छ । नीता फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई नीता ढुंगानाले नै निर्देशन गर्दैछिन् ।
सार्वजनिक पोस्टरमा नीता आफैं देखिएकी छिन् । सार्वजनिक पहिलो पोस्टरमा पहेँलो छातामुनी, सिठी र पानीको बोतल बोकेर नीता गम्भीर मुद्रामा देखिएकी छिन् । अर्को एक पोस्टरमा उनी गाउँले पोसाकमै हल्का मुस्कान र लजालु भाव सहित उभिएकी छिन् । पोस्टरले नीताको फिल्ममा कस्तो क्यारेक्टर छ भन्ने दर्शाउँछ । फिल्मको शीर्ष भूमिकामा नीता नै देखिन लागेको प्रष्ट हुन्छ ।
शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा नीताको कथा छ । कविरलाल र शाहिदलालको छायांकन रहेको फिल्मले हाँस्य, भावना र सामाजिक सन्देश दिनेछ । असोजबाट यो फिल्मको छायांकन सुरु हुनेछ । यो फिल्म रिलिजपश्चात नीताले अर्को फिल्म ‘सुख–दुःख’को छायांकन सुरु गर्नेछिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij