Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर कस्तो ?

‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर कस्तो ?

दशैंको फूलपातिबाट रिलिजमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकारहरू हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ । यो पोस्टर रोचक देखिएको छ ।

सार्वजनिक पोस्टरलाई विजय बस्याल र शान थापाले तयार पारेका हुन् । फिल्ममा प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारहरूको अभिनय छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्म दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिजमा आउँदैछ ।

एमएस मोसन पिक्चर्सको व्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । कृष्णबहादुर थापाले खिचेको फिल्ममा नकुल खड्काको सम्पादन छ । वसन्त सापकोटा, दीपक शर्मा, प्रकाश सपुत रहेको यो फिल्मले राजनीतिक विषयवस्तुलाई प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट