Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘जनै हराएको मान्छे’को ट्रेलरमा भावना, संघर्ष र सपनाको कथा

‘जनै हराएको मान्छे’को ट्रेलरमा भावना, संघर्ष र सपनाको कथा

पेपर क्लिपको व्यानरमा निर्माण भएको फिल्म ‘जनै हराएको मान्छे’ भदौको ६ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको ट्रेलर काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । कमल न्यौपाने र विमल न्यौपानेको निर्माणमा तयार भएको यो फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् । मनिष राउत एसोसियट निर्देशक रहेको फिल्मको ट्रेलरमा पात्रहरूको सम्बन्ध, सपना, संघर्ष र भावनालाई उठाइएको छ ।फिल्मको मुख्य भूमिकामा नायक विजय बराल छन् । उनकै वरिपरी फिल्म घुमेको छ । गाउँबाट शहर पसेको एक युवाको कथामा यो फिल्म बनेको छ । उसैसँग जोडिएका विभिन्न सम्बन्धको वरिपरी फिल्म घुमेको छ ।

भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको यो फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा, रेयर राई, सुशांक मैनाली, कविता आले, तारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्ममा आरुस भुसाल, अंशु ओली र श्रृष्टी खड्गी बाल–कलाकारको रुपमा छन् । नविन गुरुङ र कृष्ण परियारको डीओपी रहेको यो फिल्ममा भरत रेग्मीको सम्पादन छ । साहिल खनालले फिल्मको ट्रेलर काटेका हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, प्रशान्त सिवाकोटी, एसडी योगी, मनिष सुनारको संगीत रहेको फिल्ममा सुनिल क्षेत्रीको कोरियोग्राफी छ ।

https://youtu.be/bJl4i00eOas

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट