Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

लोकप्रिय गायिका मेलिना राई र करण परियारको 'सारी लाउन' गीत सार्वजनिक ( भिडियो)

लोकप्रिय गायिका मेलिना राई र करण परियारको 'सारी लाउन' गीत सार्वजनिक ( भिडियो)

काठमाडौं : गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली 'सारी लाउन' गीत सार्वजनिक भएको छ। भ्वाइस अफ नेपालकी कोच समेत रहेकी लोकप्रिय गायिका मेलिना राई र नेपाल आइडल सिजन ५ का विजेता गायक करण परियारको युगल स्वरमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन् ।

नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको गीतलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ । गम्भीर बिष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको अभिनय रहेको छ । गीतको भावअनुसार नै भिडियोमा पनि 'सारी लाउन' आउदा मोडेललाइ कस्तो देखिन्छ भन्ने बारेमा बयान गरिएको कुराहरुलाई देखाइएको छ।

सुविन गोदारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा सुरेन्द बसेलको कोरियोग्राफी रहेको छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो १/२ दिन देखि सामाजिक संजाल टिकटकमा सारी लाउने होडबाजी जस्तै देखिएको छ यो गीत 'सारी लाउन' सार्वजनिक भएपछि आमनारीहरुले टिकटकमा सारी लाएर भीडीयो पोस्ट गर्ने संख्या बढेको हो ।

https://www.youtube.com/watch?v=___Gilp0pKI

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट