काठमाडौँ : महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइराला, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, वरिष्ठ सङ्गीतकार राजु सिंह लगायतले गीत सार्वजनिक गरे ।
सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीत रहेको गीत महाकाव्यकार दाहालको श्वेतपत्र महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसालको अभिनय छ ।
राजन खरेलको छायाङ्कन, सम्पादन रहेको गीत सङ्गीतकार श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
https://youtu.be/sh_66CXIxKg© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij