Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

दीपाश्रीले साइन् गरिन् नीताको ‘पार्वती’

दीपाश्रीले साइन् गरिन् नीताको ‘पार्वती’

नायिका, निर्मात्री हुँदै निर्देशक बन्न लागेकी नीता ढुंगानाको निर्देशनमा ‘पार्वती’ निर्माण हुन लागेको छ । यो फिल्मको छायांकन असोजबाट सुरु हुनेछ । यो फिल्ममा अब कलाकार दीपाश्री निरौलाको प्रवेश भएको छ । दीपाश्रीसँग मौखिक सहमति भएपनि कागजी रुपमा मंगलबार मात्र संझौता भएको उनको भनाई छ ।

नीताले दीपाश्री र आफूहरुबिच सल्लाह सुझाव लिने दिने काम भइरहेको सुनाइन् । दीपाश्रीसँग नीताले वि.सं २०७० सालमा ‘छ एकान छ’मा काम गरेकी थिइन् । १२ वर्षपछि फेरि नीता र दीपाबीच फिल्म ‘पार्वती’मा सहकार्य हुन लागेको हो ।

यो फिल्ममा नीता मुख्य भूमिकामा गर्दैछिन् । फिल्मको प्रदर्शन मिति माघ १ गतेलाई तोकिएको छ । यो फिल्ममा सरोज अधिकारीको सह–निर्देशन रहनेछ । निर्माणपक्षले अरु कलाकारहरुको नाम एकपछि अर्को रुपमा सार्वजनिक गर्दै जाने बताएको छ ।

फिल्मको कथा नीताले नै लेखेकी हुन् भने शिवम् अधिकारीको पटकथा तथा संवाद छ । कविरलाल र शाहिदलालको डीओपी रहने फिल्ममा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुंगानाको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट