Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘रिमै’को शीर्ष गीतमा रिश्मालाई फकाउँदै दयाहाङ

‘रिमै’को शीर्ष गीतमा रिश्मालाई फकाउँदै दयाहाङ

इन्द्रजात्राको छेको पारेर आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको छ भने रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वर छ । नरेन्द्र वियोगीले गीतको एरेञ्ज गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ नृत्य गर्दै देखिएका छन् । भिडियोमा दयाहाङ आफू लाहुरे भएकाले पेन्सन आउने भन्दै रिश्मालाई फकाइरहेका देखिन्छन् । रिश्माले भने मनको माया धनले नपाउने जवाफ फर्काउँदै जबर्जस्ती नफकाउन आग्रह गरेकी छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्ममा कविता आले, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ, बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सले रोटेपिङ इन्टरटेनमेन्टसँग निर्माणमा सहकार्य गरेको फिल्मका लेखक उपेन्द्र सुब्बा हुन् ।

फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।

https://youtu.be/oIU1vbQn2F8

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट