फिल्म ‘राम नाम सत्य’को शुभसाइत समारोहमा नायक विराज भट्टले आउँदो वर्षको दशैंमा फिल्म ‘१२ गाउँ २’ रिलिज हुने घोषणा गरे । बाबु छोरा फेरि पर्दामा कहिले आउनुहुन्छ भन्ने प्रश्नमा विराजले भने–‘१२ गाउँ २ को स्क्रिप्टमा काम भइरहेको छ । वि.सं २०८३ को दशैंमा यो फिल्म रिलिज हुन्छ । समीर र म एकसाथ पर्दामा देखिनेछौं ।’गतबर्षको दशैंमा पनि फिल्म ‘१२ गाउँ २’ रिलिज भएको थियो, जसले बक्स अफिसमा २० करोड हारहारीको व्यापार गर्यो ।
गत बर्षदेखि सुरु भएको समीर र विराजको दशैंका फिल्म रिलिज गर्ने शैली, यो वर्ष पनि जारी छ । यो वर्ष समीर अभिनित फिल्म ‘बलिदान’ रिलिजमा आउँदैछ । रोचक कुरा के छ भने, अब नयाँ वर्षमा पनि विराजकै फिल्म रिलिजमा आउँदैछ । विराज अभिनित फिल्म ‘राम नाम सत्य’ले नयाँ वर्षको छेको पारेर चैत्र २७ लाई प्रदर्शन मिति तय गरिसकेको छ ।
यसरीहेर्दा, दशैं र नयाँ वर्ष विराज र समीरकै वरिपरी देखिने भएको छ । दर्शकले अहिले फरक फरक शैलीका फिल्म मन पराइरहेका छन् । तर, विराज र समीरको एक्सनमा दर्शकको रुची अझै बढी देखिन्छ । ‘१२ गाउँ’बाट एक्कासि चुलिएको समीर र विराजको हाइपलाई ‘बलिदान, राम नाम सत्य र १२ गाउँ २’ले कायम राख्न सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij