Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘३६ को आँकडा’मा रेखाको जोडी महेश, पुजाको जोडी पुष्प

‘३६ को आँकडा’मा रेखाको जोडी महेश, पुजाको जोडी पुष्प

नायक पुष्प खड्का केही वर्षपछि फिल्मको पर्दामा देखिने भएका छन् । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६ को आँकडा’मा पुष्पले काम गर्ने पक्का भएको छ । यो फिल्मको छायांकन भोलिबाट सुरु हुँदैछ । फिल्ममा पुष्प नायिका पूजा शर्माको जोडीको रुपमा देखिदैछन् । पुष्प र पूजाले पहिलो पटक फिल्मको पर्दामा काम गर्न लागेका हुन् ।

यस्तै, यो फिल्ममा नायिका रेखा थापाको जोडीको रुपमा नायक महेश त्रिपाठीले काम गर्ने पक्का भएको छ । महेश र रेखाले पनि पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । फिल्म निर्माणको घोषणा भएसँगै चर्चामा छ । फिल्मको कथावस्तुको विषयमा निर्माणपक्षले केही पनि बताएको छैन ।

यो फिल्मको भोलि पूजा गर्दै छायांकन सुरु गर्ने तयारी सविरको छ । नायिकाद्धय रेखा थापा र पूजा शर्माले भने ‘उपहार’ पछि एकसाथ फेरि पर्दा शेयर गर्न लागेका हुन् । दर्शकले ‘उपहार’मा रेखा र पूजालाई निकै रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट