नायिका नीति शाहलाई पहिलो फिल्मबाटै लागेको आरोप हो, अभिनयमा कमजोरी । नीति कमजोर अभिनय गर्छिन् भनेर उनको बारम्बार आलोचना हुने गरेको थियो । तर, यसपटक ‘मोहर’ फिल्मले नीतिलाई ठूलो राहत दियो । आजबाट दोस्रो सातामा प्रवेश गरेको फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहँदा नीतिको अभिनयको पनि प्रशंसा भइरहेको छ ।
नीतिले अभिनय अझै पनि व्यापक सुधार गर्न आवश्यक छ । तर, यसपटक ‘मोहर’मा उनले निर्वाह गरेको ‘सिन्धुरी’ क्यारेक्टरले दर्शकको माया पाइरहेको छ । नीति उत्साहित छिन् । नीतिलाई यो फिल्मले दिलाएको सुखद प्रतिक्रियाले फिल्मको अफर फेरि बढ्नेछ । चौथो फिल्मसम्म आइपुग्दा नीतिको अभिनयमा सुधार देखिएको छ । यो उनको करिअरका लागि सुखद कुरा हो ।
तर, यसपछि नीतिले कस्तो फिल्म छनोट गर्छिन् भन्ने प्रश्न मुख्य हो । नीतिले अब फिल्म छनोटमा निकै ध्यान दिन आवश्यक छ । उनका फिल्मप्रति अब दर्शकको चासो बढ्नेछ । नीतिको अभिनय र कथावस्तु दर्शकका लागि अब मुख्य ध्यान दिने कुरा हुनेछ । यस्तो अवस्थामा नीतिले कथावस्तु, आफ्नो अभिनय सबैमा ध्यान दिनुपर्ने देखिन्छ ।
‘मोहर’बाट पाएको सफलता जोगाउनका लागि नीतिले फिल्म छनोट र आफ्नो अभिनयमा नै विशेष ध्यान दिन सकिनन् भने भोलिका दिनमा उनको आलोचना हुने निश्चित छ । के नीति यो कुरामा सजग छिन् त ?
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij