काठमाडौँ : अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। पोस्टरमा रेखाको अनुहारमा सङ्घर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ। दुई महिला पात्रबिचको द्वन्द्वलाई फिल्मको केन्द्रमा राखिएको देखिन्छ। फ्लोरमा जानु अघि नै सार्वजनिक गरिएको यो फस्ट लुक पोस्टरले दर्शकको उत्सुकता बढाउने अपेक्षा छ ।
सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारबाट फ्लोरमा जानेछ। निर्माण पक्षले आज सार्वजनिक पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन। सुटिङपछि ती विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।फिल्ममा रेखासँग पछिल्लो समय अभिनयका लागि चर्चित महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्काको जोडी देखिनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij