Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘चिट्ठी’को ट्रेलर सार्वजनिक, भाद्र २० देखि प्रदर्शन हुने

‘चिट्ठी’को ट्रेलर सार्वजनिक, भाद्र २० देखि प्रदर्शन हुने

भरतपुर : एरा प्रोडक्सनको व्यानरमा सञ्चारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यो चलचित्र आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई कुबेर डिष्ट्रिब्युसन बितरण गर्ने भएको छ ।

निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।कमेडी–हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।

यसअघि पनि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतहरु सार्वजनिक भईसकेका छन् भने ट्रेलरले दर्शकमाझ थप उत्सुकता जगाएको छ । निर्माण पक्षको विश्वास छ “चिट्ठी’ मा कलाकारहरूको दमदार अभिनय, मौलिक कथा र आकर्षक प्रस्तुति रहेको छ ।”

https://youtu.be/5BfeHzKInyk

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट